यस्तो छ ‘तिमी हुन्छौ जहाँ जहाँ’को फस्ट लुक पोस्टर

यसअघी गीत तथा ट्रेलर सार्वजनिक गरिसकेको फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’को फस्ट लुक पोस्टर सर्वजनिक भएको छ । सर्वजनिक पोस्टरमा फिल्ममा चार मुख्य कलाकार मनिष सुन्दर श्रेष्ठ, मलिना जोशी, स्वरुपपुरुष ढकाल, रबी गिरी अटेका छन ।

एक पोष्टरले नायक मनिष सुन्दर श्रेष्ठ र नायिका मलिनाबीचको प्रेम र स्वरुपपुरुष ढकाल बियोग दर्शाउँछ भने अर्को पोष्टरमा मनिष सुन्दर र मलिनाको सामिप्यतामा चरित्र अभिनेता रबी गिरी र स्वरुप पुरुष ढकाललाई तगारोका रुपमा उभ्याईएको छ ।

असार ८ गतेबाट प्रदर्शनमा आउने फिल्ममा यि चार बाहेक तमन्ना केसी, गीता अधिकारी, विश्व बस्नेत लगायतको अभिनय रहेको छ भने नायिका वर्षा शिबाकोटी अतिथि भूमिकामा रहेकी छिन् ।

प्रेमकथामा आधारित ‘तिमी हुन्छौ जहाँ जहाँ’लाई मदन दवाडी, प्रकास बास्कोटा, डालचन्द्र दवाडी र हरिप्रसाद अधिकारीले निर्माण गरेका हुन् । फिल्ममा रामशरण उप्रेतीको छायाङ्कन, कविराज गहतराजको कोरियोग्राफी र अर्जुन पोखरेलको संगीत रहेको छ ।