इन्दिरा जोशीको ‘रेलिमाई’

नेपाली सकिराको उपमा पाएकी चर्चित गायिका इन्दिरा जोशीको नयाँ गीत ‘रेलिमाई’ सार्वजनिक भएको छ । गीतमा उनलाई गायक आर्जन पाण्डेले साथ दिएका छन । उक्त गीतमा प्रतिक पौडेलको शब्द तथा संगीत रहेको छ । डान्सिङ फ्लेभरको उक्त गीतमा अभिनय समेत गायिका जोशी र गायक पाण्डेकै रहेको छ ।

हरि हुमागाईंको छायांकन रहेको भिडियोलाई प्रविण सिंहले निर्देशन गरेका हुन् भने सम्पादन निशान घिमिरेले गरेका छन । गायिका जोशीको यसअघी सार्वजनिक भएका टुट्यो तारा आकाशमा, माछी मारन, रातो घाँगरा, बेहुली, गर्लफ्रेण्ड लगायतका गीत निकै चर्चित छन ।