‘यो पागल मन’ ट्रेलर सार्बजनिक

असार २९ गतेबाट प्रदर्शनीमा आउने फिल्म ‘यो पागल मन’ को ट्रेलर सार्बजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्बजनिक गरिएको हो । लब स्टोरी फिल्म ‘यो पागल मन’ मा बिनोद न्यौपाने,रिचा सिंह ठकुरी, गौरी मल्ल,राजेश ढुंगाना,मनिष भण्डारी, बिशाल श्रेष्ठ, एनी कुँवर लगायतको अभिनय रहेको छ ।

कल्याण अधिकारी निर्देशित फिल्ममा बिरेन्द्र कुमार यादब र कल्याणको लगानी रहेको छ । अर्जुन पोखरेलको संगीत रहेको फिल्मलाई शम्भु सापकोटाले छायांकन गरेका हुन् । अनिल गौतमको सम्पादन रहेको फिल्ममा भोमन कटुवाल मुख्य सहायक निर्देशन रहेका छन् । कमल राइको कोरियोग्राफी रहेको फिल्ममा द्वन्द निर्देशन राजु किरांतको रहेको छ भने सामिप्यराज तिमल्सिनाको पटकथा सम्बाद रहेको छ ।