प्रियंका-निक सम्बन्ध: प्रियंका चुप, आमाको बचाव

- मेराेफिल्म

बलिउड नायिका प्रियंका चोपडा र हलिउड गायक निक जोन्सको सम्बन्ध प्रेममा परिणत भएको प्रियंकाका फ्यानको अड्कल बाजी छ । यद्यपि, प्रियंकाकी आमा मधुले भने आफ्नी छोरीले विदेशीसँग बिहे नगर्ने बताउँदै प्रेम सम्बन्धको हल्ला मात्रै चलेको बताएकी छन् । तर, उनलाई थाहा नभएको हुन सक्छ प्रियंका र जोन्सको प्रेमको गहिराई बारे ।

जोन्सले प्रियंकाप्रतिको आफ्नो प्रेम खुलेरै प्रकट गर्न थालेका छन् । हालै प्रियंकाले इन्स्टाग्राममा एउटा फोटो सेयर गरेकी थिइन् । फोटोमा उनी आफ्ना दुई साथीहरुसँग बर्गर खाँदै देखिएकी छन् । जोन्सलाई यो फोटोमा प्रियंकाको हाँसोले खुबै लोभ्याएछ । उनले लेखेका छन्, ‘वाह यो मुस्कान ।’ यति मात्र नभएर उनले लभको सिम्बोल पनि राखेका छन् ।

हुन त लभ सिम्बोल राख्दैमा लभ भएकै हुनुपर्छ भन्ने छैन । तर, यो जोडी बारम्बार संगै भेटिन थालेको छ । जोन्ससँग घुम्दा प्रियंकाको खुसि अनुहारमा झल्किन्छ । पछिल्लो समय उनीहरुको एउटै ब्ल्याङ्केटमा भएको तस्वीर सार्वजनिक भएको थियो । यसले झन् उनीहरुको सम्बन्ध के हो भन्ने बारे भ्रम पैदा गरेको छ ।

२०७५ जेठ २३ गते ११:०३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *