ट्रफि समेत हटाउदै विराट कोहली

- मेराेफिल्म

विराटले अनुष्का जोडी बिवाह पछि पनि उत्तिकै चर्चामा रहेको छ । केहि समय अघि बिराटले अनुष्कालाई अफ फिल्ड क्याप्टेन भनेका थिए । त्यस्तै एक अन्तर्वार्तामा अनुष्का जीवनमा प्रवेश गरेसँगै आफूमा सकारात्मक वदलाव आएको बताएका थिए ।

विराटले आफ्नो फेमेली प्लानिकको बारेमा समेत केहि कुरा गरेका थिए । पिता बनेपछि केही बस्तुलाई लिएर विराट अहिले नै चिन्तित देखिए । उनले आफू कुनै समयमा बाबु बनेपछि घरबाट केहि सामानहरु हटाउने बताए । उनले आफ्नो बच्चा ठूलो हुँदै गर्दा घरमा आफ्नो उपलव्धिसँग जोडिएका कुनैपनि चिज नराख्ने बताएका छन् । आफूले अहिलेसम्म प्राप्त गरेको कुनै पनि ट्रफि त्यस सयम घरमा नरहने उनले बताए । आफ्नो जीवनको अतितका सबै चिज उनी हटाउन चाहन्छन् ।

विराटले अनुष्का धार्मिक स्वभावका भएको र आफूमा पनि केही परिवर्तन भएको महसूस गरेको बताएका छन् । उनी आफू पहिलाको भन्दा शान्त अनुभव गरेको बताएका छन् । उनले आज आफूसँग भएको सवै चीज बाँकी जीवनमा नभएपनि परिवार आफूसँग रहने र उनीहरु यसको हकदार रहेको बताए ।

२०७५ जेठ २३ गते ११:२९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *