शिल्पा शेट्टीका बिजनेसम्यान पति घोटाला काण्डमा

एक्ट्रेस शिल्पा शेट्टीका पति बिजनेसम्यान राज कुन्द्रा फेरी अप्ठ्यारोमा परेका छन् । आइपीएल बेटिंगमा नाम आए लगत्तै राजको नाम बिटकाइन घोटालामा समेत मुछिएको छ । यशै बिषयमा आफ्नो बयान दिन राज मंगलबार मुम्बई इडी अफिस पुगेका थिए ।

इडीका एक बरिष्ठ अधिकारीका अनुसार राज यस घोटालामा इन्भेस्टर मात्रै हुन् की संलग्न पनि छन् यसको छानबिन चलिरहेको छ । अहिले केहि भन्न सकिने अवस्था छैन । पुने पुलिस र प्रवर्तन निर्देशनालयको अनुसन्धानमा अरु धेरै सेलिब्रेटीको समे नाम जोडिएको छ । केहि दिन अगि यस मामलाका मुख्य आरोपी अमित भारद्वजलाई पुने पुलिसले गिरफ्तार गरेको थियो । उनले गेटबिटकाइन डट कम नामक वेबसाइड बनाएर अरिब ८ हजार जनाको लुटेका थिए । यस घोटालाको रकम २००० करोड भारु सम्म आएको खबर छ ।