‘नुमाफुङ’ निर्देशक सुब्बाको टेलिसिरियल आउदै

‘नुमाफुङ’ फिल्मका निर्देशक नविन सुब्बाले नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको टेलिसिरियल ‘सिंहदरबार’ दोस्रो संस्करण निर्देशन गर्ने भएका छन् । सुब्बाद्वारा निर्देशित ‘दलान’ टेलिसिरियल निकै लोकपि्रय भएको थियो ।
‘सिंहदरबार’को दोस्रो संस्करणमा पनि गौरी मल्लको भूमिकादोहोरिने छ । उनलाई टेलिशृंखलामा आशा सिंहको रुपमा देखाइनेछ । आशा सिंह एक जनमुखी, बौद्धिक तथा प्रतिवद्ध नेतृ आशा सिंहको रुपमा उनको प्रस्तुति रहने छ । दोस्रो संस्करणमा सिंहदरबारको पर्खालभित्र हुने राजनीतिक दृश्यहरुलाई देखाइने छ ।
सर्चको सर्वेक्षण अनुसार ७० लाख दर्शकले सिंहदरबारको पहिलो शृंखला हेरेका छन् । अमेरिकी सहयोग नियोग युएसएडको आर्थिक सहयोगमा सर्च फर कमन ग्राउन्ड नेपालले उत्पादन गरेको यो टेलिशृंखला असार अन्तिमबाट प्रसारणमा आउने बताइएको छ । यसमा गौरी मल्ल सहित रमेश रन्जन झा, प्रमोद अग्रहरी, हेमन्त चालिसे, आलोक थापा, प्रकाश घिमिरे, बादल भट्ट आदि मूख्य भूमिकामा देखिने छन् ।

नवलले टेवलमुनीबाट भन्सार तिरिन्छ भनेपछि चर्किए उदय

बोर्ड अध्यक्ष भन्छन्–‘दोलखामा फिल्म स्टूडियो म र मेरो छोराको पालामा पनि बन्दैन’

५१ औं दिनमा 'जारी', अकुपेन्सी ३५ प्रतिशत

दया र मिरुनाको ‘नाङ्गो गाउँ’लाई अमेरिकामा ४ सय बढी शो

५६ दिनमा ४ करोड खर्चदै सकियो विपिन, स्वस्तिमा र सौगातको ‘पशुपति प्रसाद २’को …

प्रतिक्रिया