१ महिना नपुग्दै सकियो ‘मालिका’ सुटिंग

रेखा थापाको फिल्म ‘मालिका’ को सुटिंग २९ दिनमै सकिएको छ । टिमको सक्रियता र मौसमले साथ दिंदा समयमै फिल्मको छायाँकन सकिएको रेखाले बताइन । फिल्मको छायाँकन जाजरकोट सहित काठमाण्डौं, बनेपा, बाँके लगायत क्षेत्रमा गरिएको छ ।

मुख्य सहायक निर्देशक नवराज आचार्यका साथमा फिल्मको निर्देशन रेखा आफैले गरेकी हुन् । मालिकामा रेखा र नरबहादुर कार्कीसँगै जाजरकोटकी चौध वर्षिय बालिका कमला ओलीको मुख्य भूमिका रहेको छ । रेखाको आफ्नै स्क्रिप्ट रहेको फिल्ममा रामशरण उप्रेतीको छायाँकन र सुरेश अधिकारीको संगीत छ । हिम्मतवाली पछि रेखा मालिका मार्फत निर्देशनमा फर्किएकी हुन् ।