पोखरामा ‘बादशाह जुट’ प्याकअप, बाँकी छायांकन मुम्बईमा

काठमाडौंबाट छायाङ्कन सुरु भएको फिल्म ‘बादशाह जुट’ को पोखरा सुटिङ सेड्युल सकिएको छ । ‘बादशाह जुट’मा बडीबिल्डर हिरोको छबी बनाएका सुशिल श्रेष्ठसँगै आमिर गौतम, केइसा रावत, रोशी खड्का, रश्मी पाण्डे, रोविन तामाङ लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

फिल्म एच एण्ड बी फिल्म्स र गोल्डेन ग्रेप्स फिल्म्स एण्ड इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको हो । पोखराको सिन प्याकअप गरेको फिल्म यूनिटले अब काठमाडौंमा केहीसिन खिचेर मुम्बई जानेछ । फिल्मलाई जोनी सिंह राणाले निर्देशन गरेका छन ।