‘मेची महाकाली ट्यालेन्ट’ काठमाण्डौ अडिसन शनिबार

काठमाडौं बाहिर विभिन्न शहरमा सफलताका साथ अडिसन सकिए पस्चात ‘मेची महाकाली ट्यालेन्ट’को काठमाडौं अडिसन यही शनिबार हुने भएको छ । यसअघि रियालिटी शोको अडिसन बिर्तामोड, बुटवल, हेटौंडा, नारायणगढ, पोखरा लगायतका स्थानमा भइसकेको छ । काठमाडौं अडिसन मिनभवन स्थित एभ्रेस्ट फिल्म एकेडेमीमा बिहान १० बजे बाट सुरु छ ।

विभिन्न फरक प्रतिभाहरुलाई एउटै मञ्चबाट उजागर गर्ने उद्देश्यले हुन लागेको ‘मेची महाकाली ट्यालेन्ट’मा प्रतियोगीले कुनै पनि प्रकारको शुल्क तिर्नु नपर्ने आयोजकको तर्फबाट देब मगरले बाताए । ग्रेड वान मिडिया प्राइभेट लिमिटेडको आयोजना रहेको रियालिटी शोमा विजेताले २१ लाख नगद पुरस्कार पाउनेछन् । प्रतियोगितामा गायन, अभिनय, नृत्य र अन्य विधाहरुमा प्रतिस्पर्धा हुने बताइएको छ । यो रियालिटी शोमा जजको रुपमा सुनिल थापा, गौरी मल्ल, त्रिलोक राना र गम्भीर बिस्ट रहेका छन् । यस शोमा सबै उमेर र जुनसुकै प्रतिभा भएका व्याक्तिले भाग लिन पाउने छन् ।