आकाश र आश्माको माया

ऋषिराज आचार्य निर्देशित फिल्म ड्रिम गर्लको ‘तिम्रो मायामा’ बोलको गीत सार्बजानिक भएको छ । गीतमा आकाश श्रेष्ठ र आश्मा गिरीको रोमान्स हेर्न सकिन्छ । गीतलाई अन्जु पन्त र सुरेश लामाले स्वर दिएका छन् । गीतमा शब्द अम्बिका शर्माको रहेको छ भने अर्जुन पोख्रेलको संगीत रहेको छ । गीत सार्वजनिक कार्यक्रममा बोल्दै नायक आकाश श्रेष्ठ तथा नायिका द्वय आश्मा गिरी र पुजा पराजुलीले फिल्मलाई लिएर आफुहरु निकै एक्साइटेड रहेको बताए ।

असोज १९ बाट अल नेपाल रिलिज हुने फिल्म ‘ड्रिम गर्ल’मा आकाश श्रेष्ठ, आश्मा गिरी, विल्सन बिक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, लक्ष्मी गिरी, निर्मल शर्मा, सुरबिर पन्डित, पुजा पराजुली, शिशिर भन्डारी, रुपा सुबेदी, सुशिल पोख्रल, कोपिला थापा, सशांक बोहोरा, दिपक आचार्य, तुलसी श्रेष्ठ, रश्मि भट्ट लगायतका कलकारहरुको अभिनय हेर्न सकिन्छ । फिल्ममा ऋषिराज आचार्यको कथा, राहुल राई र रामेश्वर हुमागाईको छायांकन रहेको छ । गम्भिर बिष्टको कारियोग्राफि रहेको फिल्ममा नबिन निरौलाको सम्पादन रहेको छ । आर बि प्रालिको ब्यानरमा तयार पारिएको फिल्ममा सम्राट बस्नेतको द्धन्द्ध रहेको छ ।