फिल्म पत्रकार सुशिल पौडेलको ब्यङ्ग्य ‘एउटा फोन आयो…’

अग्रज फिल्म पत्रकार सुशिल पौडेल नेपाली फिल्मसँग निकै नजिक छन् । फिल्मको बस्तोस्थिति र चालचलनसँग उनी निकै भिजेका छन् । फिल्म समीक्षक समेत रहेका उनले पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा देखिएको देखावटी पनलाई नजिकबाट नियालेका छन । केक काट्ने र ५१ दिने उत्सब मनाउने चलनले उनलाई झकझकाएछ क्यारे उनले आफ्नो फेसबुक वालमा एक स्टाटस पोस्ट गरेका छन । उनले आफ्नो स्टाटसमार्फत पछिल्लो समय देखिएको केक काट्ने प्रचलन र ५१ दिने उत्सब प्रति ब्यङ्ग्य गरेका छन ।

उनको स्टाटस यस्तो छ :
एउटा फोन आयो : सर भोली मेरो फिल्मको कार्यक्रममा आईदिनु पर्यो, जसरी नी
म : हुन्छ नी । कहिले रे रिलिज ?
फोनमा : ल ३ महिना कटिसक्यो त सर
म : सरी । म कता कता भएँ । यादै भएनछ । अनि भोलीको कार्यक्रम चॉही के नी ?
फोनमा : त्यही फिल्मको १०० दिनको सक्सेस पार्टी छ सर । मेरा नयॉ प्रोडुसरलाई नी बोलाछु । सर आएर हेल्प गर्दिन पर्यो । लामो छैन, यसो केक काटेर दारू खाने हो ।
म : ए, अनि कुन कुन हलमा १०० दिन कटायो र फिल्मले ?
फोनमा : १०० दिन कटाएको हैन सर, मनाएको । भोली फिल्म रिलिजको १०० दिन पुग्दैछ । तपाईलाई के ढॉट्नु, यसो गरेपछि विदेशमा बेच्न सजिलो होला की भनेर लास्ट ट्राई गरेको
म अहिले कोमामा छु
कथा कस्तो लाग्यो ?