बाहिरियो फिल्म ‘कायरा’ को भिडियो

- मेराेफिल्म

आधिकारिक रुपमा फिल्म ‘कायरा’ को पोस्टर, गीत केहि पनि सार्वजनीक गरिएको छैन । नायक तथा निर्माता आर्यन सिग्देल फिल्मको कुनै पनि दृश्य सार्वजनिक गर्न चाहिरहेका छैनन् । सम्पादन टेबुलबाट नै बाहिरिएको भिडियोले आर्यन र साम्राज्ञीको फिल्म भित्रको लुक्स भने खुलाएको छ ।

नायक सिग्देल र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको यस फिल्मको एक भिडियो भर्खरै बाहिरिएको छ । भिडियोमा आर्यन र साम्राज्ञी फिलिपिन्सको सडकमा हिडिरहेको देख्न सकिन्छ । लभ स्टोरी कथा रहेको यस फिल्मको अहिले पोष्ट प्रोडक्शनको काम भैरहेको छ । फिल्ममा निर्देशन लक्ष्मण रिजालको रहेको छ ।

२०७५ जेठ २४ गते १५:३२ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *