टिका प्रसाईंसँग कार्टुन्ज क्रिउको ‘माया लुकी लुकी’ (भिडियो)

‘नाइँ मलाइ था छैन’, ‘सेल्फीको जमाना’, ‘भिज्यो परेली’ जस्ता हिट गीतकी गायिका टिका प्रसाईंको नयाँ गीत ‘माया लुकी लुकी’ सार्वजनिक भएको छ । उक्त गीतमा आनन्द अधिकारीको शब्द, आशिस अविरलको संगीत तथा संगीत संयोजन रहेको छ ।

भिडियोमा ज्ञानेन्द्र शर्माको छायाङ्कन, कार्टुन्ज क्रिउको कोरियोग्राफी रहेको भिडियोलाई कार्टुन्ज क्रिउ कै सरोज अधिकारीले निर्देशन गरेका हुन भने सम्पादन प्रबिन श्रेष्ठको रहेको छ ।