हलमा रजनीकान्तको ‘काला’, दमदार कलेक्सन

दक्षिण भारत सुपरस्टार रजनीकान्तको फिल्म काला हिजो रिलीज भएको छ । तमिलमा यसको प्रदर्शन भैसकेको छ भने हिन्दीमा ७ जून बेलुकी केहि हलहरुमा सर्बजानिक भएको छ । दक्षिण भारतमा रजनीकान्तको फिल्म हेर्नको लागि राती देखि फिल्म हलहरुमा भीड जम्मा भएको थियो ।

फिल्मको पहिलो शो बिहान ४ बजे राखिएको थियो । रजनीकान्तका ठूला ठूला पोस्टर्सहरुले फिल्म हल सजिएका थिए । र दर्शकले उनलाई भब्यका साथ स्वागत गरेका थिए । पहिलो शोमा नै बक्स अफिसमा दमदार कलेक्सन रहेको हलवालाहरुले बताएका छन् ।