फ्राइडे रिलिजमा बुद्धी तामाङको २ फिल्म ‘चङ्गा’ र ‘मट्टी माला’

शुक्रबारबाट देशभर कमेडी फ्लेभरका दुई फिल्म ‘चङ्गा’ र ‘मट्टी माला’ एकसाथ प्रदर्शनमा आएका छन । रमाइलो कुरा के छ भने दुबै फिल्ममा हाँस्य अभिनेता बुद्धी तामाङ मुख्य भूमिकामा छन ।

किशोर भण्डारी ‘डिट्ठासाब’ निर्देशित फिल्म चङ्गामा तामाङसँगै अंकित खड्का, कमलमणी नेपाल, लक्ष्मी बर्देवा, रेश्मा तिमिल्सिना, प्रेमबर्षा शाह, जीवन भट्टराई, राजन खतिवडा र लक्की भण्डारीको अभिनय रहेको छ । फिल्ममा राजनराज सिवाकोटी र कमल खत्रीको संगीत समावेश छ भने छायाङ्कन रविन आचार्यको रहेको छ । निर्देशक भण्डारी कै कथा समावेश गरिएको फिल्म निर्माण रेश्मा तिमल्सिनाले गरेकी हुन् भने कार्यकारी निर्माता प्रकु पाण्डे हुन ।

त्यस्तै फिल्म ‘मट्टी माला’मा बुद्धि तामाङसँगै प्रियंका कार्की, रजनी गुरुङ, पृथ्वी राई, शिशिर राणा, चिरन राई, संध्या श्रेष्ठ, अरुना कार्की, अर्जुन गुरुङ, बिनाद राई, बिक्रम लामा, लगायतका कलकारहरुको अभिनय रहेको छ । फिल्मको कथा तथा निर्देशन टेके पौरखी राईको रहेको छ भने सम्पादन अनिल कुमार महर्जनको रहेको छ । फिल्म पौरखी फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।