‘कादम्बरी कुञ्ज’ सार्वजनिक
- मेराेफिल्म
गीतकार कादम्बरी दाना श्रेष्ठको एकल रचना तथा शंकर थापा ‘स्माइल’को संगीत raheko गीतिसंग्रह एल्बम ‘कादम्बरी कुञ्ज’ सार्वजनिक गरिएको छ । वरिष्ठ गीतकार डा.रामविक्रम सिजापतिको प्रमुख आतिथ्यतामा वरिष्ठ संगीतकार दीपक जंगम, राजु सिंह, नेपाल संगीत उद्योग संघका अध्यक्ष सूर्य मगर, एनआरएन अमेरिकाका अध्यक्ष राजा घले लगायतको उपस्थितिमा एक कार्यक्रमका बिच उक्त एल्बम सार्वजनिक गरिएको हो ।
कार्यक्रममा एल्बम विमोचनको साथमा तीन वटा भिडियो समेत सार्वजनिक गरिएको थियो । जसमा लैजाउन मलाई, आमा र शुभकामना गीतको भिडियो सार्वजनिक गरिएको हो ।
समारोहमा गीतकार कादम्बरीले एकीकृत नेत्रहीन संघलाई रु २१ हजार सहयोग स्वरुप प्रदान पनि गरेकी थिईन । ६ वटा गीत समावेस एल्बममा मिलन अमात्य, सागर आले, सन्ध्या जोशी, आयुस केसी, सरिता शाही र शंकर थापा स्माईलको स्वर रहेको छ ।
२०७५ जेठ २५ गते ११:२५ मा प्रकाशित
प्रतिक्रिया