‘हाउसफुल-४’ कलाकार फाइनल

हाउसफुल सिरिजको तेस्रो पार्ट केहि कम्जोर थियो । दर्शकले खासै इन्जोय गरेनन र बक्स अफिसमा समेत सफल हुन सकेन । यसकारण चौथो भाग निर्माणमा बिशेस ध्यान पुर्याईएको छ । लगानी बढेको छ, फिल्म ३ डी बन्दै छ । साथै निर्देशक साजिद खान पुन आएका छन् । स्टारकास्ट पनि बदलिएको छ ।

पछिल्लो समय फिल्मका कलाकारको छनौटको काम चलिरहेको छ । अन्य सिरिजमा झैँ अक्षय कुमार लिड रोलमा रहने छन् । यसका साथै रितेश देसमुख पनि दोहोरिने छन् । यस समय संजय दत्त तथा बबी देवल समेत जोडिएका छन् । हाउसफुल ४ का निर्माता रहने छन् , साजिद नाडियाडवाला । हिरोइनका रुपमा यस पटक कीर्ति सेनन, पूजा हेगड़े तथा किआरा आडवाणीलाई देख्न पाइने छ ।