फ्लप ‘भिसा गर्ल’ पछि पुनः फिल्म बनाउदै चौधरी ग्रुप

फिल्म ‘भिसा गर्ल’ बक्स अफिसमा असफल भएपछि लामो समय ब्रेक लिएको सीजी इन्टरटेनमेन्टले पुनः फिल्म निर्माण गर्ने भएको छ । अहिले फिल्मका लागि कलाकार र निर्देशक छनौटको काम भइरहेको छ ।

लिड रोलका लागि नायक प्रदिप खड्काको नाम चर्चामा छ भने निर्देशकका लागि दिनेश डिसी तथा प्रदीप भट्टराई मध्ये कोहि एकले गर्ने बताईएको छ ।  दिनेश डिसी पछिल्लो समय चौधरी ग्रुपसँग धेरै नजिक छन् भने निर्देशक प्रदीपले केही दिन अगाडी वरुण चौधरीसँग भेट गरेका छन् । पटक पटक भेट भए पनि नायक प्रदिपले समेत फिल्म साइन भने गरिसकेका छैनन् । फिल्ममा राजनराज सिवाकोटीले संगीत भर्ने सम्भावना छ ।