शिल्पालाई छविको सिन्डिकेट

देशमा सिन्डिकेटको खुबै हल्लाखल्ली छ । हरेक क्षेत्रमा सिन्डिकेटले जगडिएको छ । फिल्म लाइनमा पनि सिन्डिकेट हुने नै भयो । कलाकारले काम गर्ने कुरामा पनि सिन्डिकेट छ । अभिनेत्री शिल्पा पोखरेल निर्माता छविराज ओझाको प्रेममा छिन् । छवि र शिल्पाको बिहेको गफ फिल्म चल्दा मात्र भएपनि उनीहरु प्रेममा छन् ।

निर्मात्री पोखरेलले छविराजको ब्यानर भन्दा अन्य ब्यानरमा काम गरेकी छिन् । तर, छवि ओझाले हुन्छ नभनेसम्म शिल्पाले काम गर्दिनन् त ? शिल्पाले छविको अनुमती नकुर्ने दाबी प्रस्तुत गरेकी छिन् । फिल्मको अफर आउँदा छविराज ओझासँग सल्लाहा गर्ने गरेको उनले बताएकी छिन् ।

शिल्पाले काम गरेका छवि बेगरका फिल्मको लाइन हेर्ने हो भने सबै निर्माताले छविराजलाई धन्यवाद दिन भ्याएका छन् । राजबहादुर सानेको फिल्ममा शिल्पाले धेरै काम गरेकी छिन् । उनले, छविराज ओझाको सहयोग लिने गरेको बताएका छन् ।  छविले शिल्पालाई आफ्नो ब्यानरको फिल्म भन्दा बाहिरको फिल्ममा काम गर्न अनुमती दिएका त छन्, तर त्यसमा छवि पनि जोडिएका छन् ।

यसैले, शिल्पालाई छविको सिन्डिकेट त भन्दा अनर्थ नलाग्ला नी त ।