महिला फिल्मकर्मीलाई बिकाश बोर्डको सम्मान

चलचित्र विकास बोर्डद्वारा आयोजित ‘महिला सशक्तिकरणका लागि सूचनाको हक अभिमुखिकरण तथा प्रशिक्षण कार्यशाला’कार्यक्रम विभिन्न महिला चलचित्रकर्मीलाई सम्मान गर्दै समापन भएको छ ।

माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाको प्रमुख आतिथ्यतामा संचालित यस कार्यक्रममा उनले कलाकारहरु नेपाली जनताका लागि रोल मोडल भएकोले उनीहरुले समाजलाई धेरै प्रभाव पार्ने बताइन् ।

कार्यक्रममा चलचित्रको माध्यमबाट समाजमा महिला सशक्तिकरणका लागि योगदान गरेको भन्दै कलाकारहरु चैत्यदेवी, कलाकार शकुन्तला शर्मा, बसुन्धरा भुषाल, नायिका करिश्मा मानन्धर, निर्देशक दीपाश्री निरौला र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई सम्मानित गरियो । कार्यक्रमकी प्रमुख अतिथी अनुराधा कोइराला र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले उनीहरुलाई सम्मान गरेका थिए ।
फोटो: केशव खड्का