गर्ने होइन त प्रियंका विवाह?

इन्टरनेशनल स्टार बनिसकेकी प्रियंका चोपडा अक्सर आफ्नो करियरलाई लिएर चर्चामा आउने गर्छिन् । तर पछिल्लो समय उनी कुनै करियर नभई आफ्नो लब लाईफलाई लिएर चर्चामा छिन् । हालै सोशल मीडियामा प्रियंका चोपडासँगै निक जोनाअसका कोजी फोटोहरु चर्चाको बिषय बनिरहेका छन् ।

यी फोटोहरुले निक र प्रियंकाका अफेयरमा रहेको अन्दाज गरिएका थिए । तर यो पटक निक जोनअसले सबैको सामु अभिनेत्री प्रियंका चोपडालाई विवाहको प्रस्ताब राखेका छन् । आजकाल सोशल मिडीयामा एउटा फोटो भाईरल भैरेहेको छ जसलाई धेरैले शेयर गरिरहेका छन् । फोटोमा प्रियंका चोपडा आफ्ना साथीहरुसँग बर्गर खाईरहेको देख्न सकिन्छ । यहि फोटोलाई निक जोनाअसले कमेन्ट गरेका छन् । कमेन्टमा निकले हिन्दमा मुझे शादी करोगी ? भनेर प्रस्ताब गरेका थिए । तस्वीरले अहिले सोशल मिडीयामा तहल्का मच्चाईरहेको छ ।

निक प्रियंकाभन्दा १० बर्षले साना हुन् । तस्बीरमा निक प्रियंकाको अगाडी बच्चा जस्तै देखिन्छन् । प्रियंका चोपडा फिल्म भारतमा ब्यस्त हुने वालामा छिन् । फिल्ममा उनका साथ सलमान खानलाई देख्न सकिन्छ ।