सलमानलाई मन परेन ‘सन्जु’

बलिउड नायक सलमान खानले सञ्जयको दत्त बायोपिक ‘सन्जु’ को घुमाउरो तरिकाले आलोचना गरेका छन् । उनले यसरी आलोचना गर्नुमा रणनीतिक कारण छ । सलमानको फिल्म रेस ३ र रणवीर कपूर अभिनित फिल्म सञ्जु एक हप्ताको अन्तरमा यहि महिना रिलिज हुदैछ । यतिबेला रेस ३ भन्दा सञ्जुको चर्चा बढी रहेको देख्न सकिन्छ ।
रेस ३ को ट्रेलरले गाली खाईरहेको छ भने सञ्जुको ट्रेलरले दर्शकको मन जितिरहेको छ । जसलाई सलमानले पचाउन सकिरहेका छैनन् । त्यसै कारण उनले सञ्जुलाई डोमिनेट गर्न थालेका छन् । हालै रेस ३ को प्रमोसनका क्रममा सलमानलाई सञ्जुको विषयमा सोधिएको थियो । उक्त प्रश्नमा उनले सञ्जुको ट्रेलर आफुले हेरेको तर रणवीरले आफ्नो भूमिकामा न्याय दिन नसकेको संकेत गरे ।
सलमानले रणवीरको नाम नलिइकन भने, मलाई लाग्छ अरु कसैले यो भूमिका गरेको भए न्याय गर्न सक्थ्यो । उनले पछिल्लो ५० वर्ष नाघेपछिको भूमिका सञ्जय दत्त स्वयम्लाई गराउनुपर्ने सुझाव दिएका थिए । उनले निर्देशक राजकुमार हिरानीको भने प्रशंसानै गरे ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया