फिल्म ‘रोजी’ को तस्विर सार्वजनिक, पुलिसको भूमिकामा कर्मा

गोपी कृष्ण मुभिज र आरोही इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा निर्माण हुदै गरेको फिल्म ‘रोजी’ को छायांकनका केहि तस्विर सार्वजनिक भएका छन् । कलाकार कर्मा शाक्य पुलिसको भूमिकामा रहेको सोहि तस्विर मार्फत पुष्टि भएको छ ।
फिल्ममा नायक प्रदिप खड्काको जोडीका रुपमा नायिका पर्मिता आरएल राणा छिन । फिल्ममा प्रदिप र पर्मिताका अलावा कर्मा शाक्य बरुण आरएल राणा, रबिन्द्र खड्का, प्राक्षी श्रेष्ठ, पल्पसा डंगोल लगायतको अभिनय रहनेछ ।
निरक पौडेलको निर्देशन रहेको रोजीमा आयरा पौडेल र आरोही केसीको निर्माण छ । फिल्ममा राजु बिक्रम थापाको छायाङ्कन, मित्र डि गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत र कबिराज गहतराज र रिशब टोट्लानीको कोरियोग्राफी रहेको छ ।

यस्तो छ ‘पशुपति प्रसाद २ः भष्मे डन’मा सौगातको लुक्स

इलामबाट उप–निर्वाचन लड्दै एलिजा गौतम

दिवाकरले सुरु गरे ‘मायावी’को छायाकंन

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया