सन्दिप र बलेको कमेडी, फिल्ममा चलेन

‘ह्वाट द फ्लप’ले कान्तिपुर टीभीमा दर्शक बटुलेको छ । यसका होस्ट सन्दिप क्षेत्री चम्किएका छन् । उनलाई यो कार्यक्रमले विश्वभर डुलाइसक्यो । सन्दिपको टीभी क्रेजलाई फिल्ममा तान्न खोज्ने निर्माता धेरै छन् ।

हलमा चलिरहेको फिल्म अमेरिका बोइजका निर्माताले पनि सन्दिपले हसाँएपछि दर्शक हाँस्न आउँछन् भन्ने सोचे । सन्दिपले हसाँउन त हसाँए, तर दर्शक आएनन् । टीभीमा चलेका कलाकार फिल्ममा चलेनन् । सन्दिपले अभिनय गरेका अन्य फिल्म पनि चलेका छैनन् ।

भारतमा टीभीका कमेडियन कपिल शर्मा फिल्ममा असफल भएपछि डिप्रेशनमा पुगेका थिए । टीभीमा चल्ने वित्तिकै फिल्ममा चलिन्छ भन्ने छैन ।

फिल्म हैरानका निर्माताले पनि भद्रगोलमा बले भनेर चिनिएका सागर लम्साललाई फिल्ममा उतारे । सागरको कमेडीले भद्रगोल हिट भयो, फिल्म पनि हिट हुन्छ भन्ने उनलाई लागेको थियो । तर, हैरानले हैरान नै बनाइदियो । बलेको भद्रगोल जस्तो हिट भएन हैरान ।
कमेडी गर्ने कलाकार हलमा चलेका पनि छन् । तितो सत्य ग्रुपलाई हेर्दा पनि यो कुरा प्रष्ट हुन्छ ।

तर, सबैमा यो कुरा लागू हुँदैन ।