ईटहरीमा छवि र प्रदिपको फिल्म हल संचालनमा

निर्माता छविराज ओझा र नेपाल चलचित्र संघका अध्यक्ष प्रदिप कुमार उदयले संयुक्तरुपमा आईतवारे, इटहरीमा सुबिधा सम्पन्न फिल्म हल संचालनमा ल्याएका छन । ‘एलाईट सिनेमा’नाम दिइएको उक्त फिल्म हलमा २०८ र १४४ जनाको सिट क्षमता सहितका दुई वटा पर्दा रहेको छ । हलमा उच्च गुणस्तरिय साउण्ड सिस्टम र भिडियो प्रोजेक्सन जडान गरिएको छ । यसअघी इटहरीमा एउटामात्रै फिल्म हल संचालनमा रहेको थियो ।

ईटहरी र सुनसरीको मुख्य शहरको रुपमा रहेको ईटहरिमा पूर्वी नेपालका फिल्म पारखीहरुलाई मध्यनजर गर्दै फिल्म हल संचालनमा ल्याएको संचालक द्वयले बताएका छन् । ‘एलाईट सिनेमा’मा बार अनुसारको टिकट दरको सिस्टमलाई हटाएर नेपालि फिल्मको लागि २०० र अन्य फिल्मको लागि ३०० मात्र टिकट दर राखिएको छ । हल औपचारिक रुपमा असार १ गरेबाट संचालनमा आउनेछ ।