राजेश हमाल पुन फिल्ममा फर्किँदै

महानायक राजेश हमाल पुन फिल्मी पर्दामा फर्किने भएका छन । उनको पछिल्लो फिल्म शकुन्तला फ्लप भएपछी पारिवारिक जमघट र घुमफिर मै ब्यस्त रहेका उनी अब भने फिल्ममा फर्किने भएका हुन् । फिल्म ‘शकुन्तला’ निर्देशक दिनेश श्रेष्ठको निर्देशनमा निर्माण हुने अनाम फिल्ममा उनी अनुबन्धित भएका हुन् ।
२६ जेठबाट ५४ बर्ष लागेका हमालले आफ्नै निवासमा निर्देशक श्रेष्ठ र निर्माता शिवराज कार्कीको उपहार स्वरूप आएको जन्मदिनको केक काट्दै फिल्म गर्ने जानकारी गराएका हुन् । ७ महिना अघीबाट फिल्मको स्क्रिप्टमा काम गरिरहेका हमालले उक्त फिल्ममा ४ अभिनेत्रीसँग रोमान्स गर्ने छन । यध्यपी फिल्ममा रहने ४ अभिनेत्री भने फाइनल भैसकेका छैनन् । नयाँ राख्ने वा पुरानो भन्ने बिषयमा छलफल भैरहेको निर्देशक श्रेष्ठले बताएका छन् । फिल्मलाई अनिल पाण्डे, प्रिन्स युवराज कार्की र शिवराज कार्की लगायतले संयुक्त रुपमा निर्माण गर्ने छन् ।

इलामबाट उप–निर्वाचन लड्दै एलिजा गौतम

दिवाकरले सुरु गरे ‘मायावी’को छायाकंन

‘परदेशी २ र भष्मे डन’को बिचमा २ हिन्दी फिल्म

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया