अनुपमको जन्मदिनमा ७ रोपनी जग्गा उपहार

कलाकार डिजाइनर अनुपम श्रेष्ठ (हट्टी नट्टी)ले आफ्नो ३२ औँ जन्मदिन मनाएका छन । जन्मदिनको अवसर पारेर उनको परिवारले उनलाई ७ रोपनी जग्गा सहित नगद २ लाख १५ हजार उपहार दिएका छन । चर्चित फिल्मकर्मी पत्रकार तथा पारिवारिक सदस्यहरुको बाक्लो उपस्थितिमा उनले  ३२ औँ जन्मदिनको केक काटेका हुन ।

उनको जन्मदिनमा शुभकामना दिन नायिकाहरु करिश्मा मानन्धर, विपना थापा, रेखा थापा, पूजा शर्मा, सुष्मा कार्की, नायक आकाश श्रेष्ठ, चलचित्र बिकाश बोर्डकी अध्यक्ष निकिता पौडेल, निर्देशक सम्झना उप्रेती रौनियार, गायक सपन श्रेष्ठ, गायिका बुनु राई लगायत उपस्थित भएका थिए । बलिवूड नायिका कंगना राणावतले कांस फिल्म फेस्टिभलमा लगाएको ड्रेसको डिजाइनमा आफैले डिजाइन गरेको ड्रेस लगाएका अनुपम  जन्मदिन सेलिब्रेसनमा आकर्षणको केन्द्र पनि बने ।