म हिरोइन होइन, कलाकार बन्न आएको हो – दीपशिखा

एक साप्ताहिक पत्रिकाको लागी गरेको हट फोटो सुटका कारण एकाएक चर्चामा आएकी नायिका हुन् दीपशिखा खड्का । म्युजिक भिडियो हुँदै फिल्म क्षेत्रमा प्रवेश गरेकी उनी पछिल्लो समय फिल्म ‘प्रेम लिला’मा ब्यस्त छिन् । फिल्म ‘प्रेम लिला’ र उनको बारेमा मेरोफिल्मले गरेको कुराकानी :

कपाल नारीको सौन्दर्य हो तर तपाईंले कपाल नै काट्नु भयो ? चर्चा हुन्छ भनेर हो ?

चर्चाका लागि हैन, यो स्टोरीकै माग थियो । यो एउटा कथामा चाहिने पात्र हो । मेरो अलिकति क्यारेक्टरमा चेन्ज छ ।  तक्लु हुनु फिल्मको डिमान्ड हो ।

फिल्ममा कसरी चाख बढ्यो ?

म्युजिक भिडीयोबाट सुरुवात गरे । ७० जति म्युजिक भिडीयोहरु गरिसकेको छु । त्यसपछि दुई तिन ओटा फिल्म पनि गरे तर फिल्म सफल हुन सकेन । तर कलाकार हुँँ हार मानिन र प्रेम लीला गर्ने सोच बनाएँ । मान्छेको आ आफ्नो सोच हुन्छ, मेरो लक्ष्य भनेको कलकारिता गर्नु हो । म फिल्म स्टार बन्नलाई फिल्म ईन्डस्ट्रिमा आएको होईन । कलाकारिता क्षेत्रको लागि जीन्दगी नै अर्पण गरेको छु । यसमै रमाउँछु ।

फिल्म लाईनमा लागेको मान्छेलाई एउटा भोक हुन्छ नी,  स्टार बन्ने । त्यो भोक तपाईमा छ की छैन ?

मलाई स्टार बन्ने भोक छैन । यदि मलाई स्टार बन्ने भोक भएको भए म फिल्मकै पछि पछि दौडिन्थेँ होला । म कला क्षेत्रलाई एकदमै इज्जत गर्ने मान्छे हुँ । त्यसैले कलकारिता गरौ भनेर हो । म त्यो स्टार बन्छु भनेर भोक लिएर हिडेको मान्छे होइन । कुरा रहयो सफलताको, म सफल छैन । मान्छे कहिले पनि सफल हुदैन । मान्छे नमरुन्जेल सम्म पनि ऊ सफल हुन सक्दैन । त्यो मान्छेको सोच हो । जस्तै मैले आफैलाई सफल सोचे सफलनै हन्छु, बिफल सोचे बिफल नै हुन्छु ।

हिजो र आजमा दीपशिखामा आएको परिवर्तन ?

म परिवर्तन भएको छैन । म सदावहार एउटै छु । दश बर्ष अगाडी पनि उस्तै थिए, आज पनि उस्तै छु र पछि पनि उस्तै हुने कोशिस गर्ने छु । मेरो शारीरिक रुपमा चेन्ज आयो होला तर व्यवाहारिक रुपमा परिवर्तन भएकी छैन ।

प्रेम लिला कस्तो फिल्म हो ?

प्रेमलिला एक लबस्टोरी हो । कस्तो भनु, मायाकै परिबेशमा घुमेको एउटा प्रेम कथा हो ।

प्रेमलिलाको संयोग कसरी जुर्यो ?

खास पछिल्लो समयमा म कलकारीता क्षेत्रभन्दा बाहिर बिजनेसमा थिए । म महिनामा एउटा दुईटा जस्तो मात्र म्युजिक भिडीयोमा काम गर्थे । धेरै स्कृप्टहरु पनि आए तर मैले खोजे जस्तो  क्यारेक्टर आएन । स्कृप्टमा भएका क्यारेक्टरहरु मैले पहिले नै गरिसकेका थिए । तर मलाई माया गर्ने दर्शकहरुले दिपशिखाको फिल्म कहिले आउँछ भनेर प्रश्न गर्नुभयो । त्यसैले बिचमा मेरो अलिकति टाईम पनि मिलेको कारण यो फिल्म जुर्यो । फिल्मको कथाकार म आफै पनि हुँ । फिल्मको यो स्कृप्ट मैले आज भन्दा दुई बर्ष पहिलेदेखि सोच्दै आएका थिएँ ।

आफैले लेखेको कथामा अभिनय गर्दाको अनुभव कस्तो रहयो ?

फरक त्यति हुदैन किनभने मैले कथा लेख्दा एउटा सोचेको हुन्छु भने डाईरेक्टरको प्रस्तुति अर्कै हुन्छ । अब फरक भन्नुपर्दा मैले फिल गरेर काम गर्ने चाँही पाएँ ।

के पाउँछन् त दर्शकले प्रेमलिलाबाट ?

दर्शकले प्रेमलिलाबाट धेरै चिज पाउनुहुन्छ । अहिले मैले भन्दा फिक्का लाग्न सक्छ । मेरो फिल्मको म आफैले बयान गर्नुभन्दा पनि दर्शकले बयान गरेको राम्रो हुन्छ । प्रेमलिला अहिलेको जेनेरेसनले एक पल्ट हेर्नै पर्ने फिल्म बनेको छ । हामीले फिल्ममा अपशब्दहरु, भल्गर सिनहरु समाबेश गरेका छैनौँ । एक्सन, कमेडी, प्रेम बोकेको फिल्म बनेको छ । फिल्मबाट हामीले जनचेतना पनि दिन खोजेका छौ ।

पछिल्लो समय कमेडी जनराका फिल्महरु धेरै चलिरहेका छन्, प्रेम कथामा आधरित फिल्म  सफल होला त ?

आशा छ । सबैभन्दा ठूलो कुरा आशा हो । अहिलेसम्म मेरो फिल्मको कुनै पनि पोस्टर, गीत, ट्रेलर सार्बजनिक भएको छैन । तर म आशा गर्ने छु की दर्शकहरुले मेरो फिल्मलाई मन पराईदिनुहुन्छ भनेर । टेक्निकल्ली फिल्म राम्रो गर्ने कोशीस गरेका छौँ । आफुले गरेको कामको राम्रो होस भन्ने अपेक्षा हुन्छ । र मेरो त्यो अपेक्षामा मलाई बिस्वाश छ ।

पछिल्लो समय फिल्म चल्ने कारण गीत संगीत बनेका छन्, तपाईको फिल्ममा गीत संगीत कस्तो रहेको छ ?

म गीतबाट चाँही एकदमै निर्धक्क छु । मेरो फिल्ममा चार ओटा गीतहरु समाबेश छन् । ती गीतहरु कथा भन्ने हिसाबले प्रस्तुत भएका छन् । एउटा हिन्दी गीत पनि छ । कथा कै डिमान्ड थियो र मलाई लाग्छ यो गीत पनि परफेक्ट छ ।

कलकारिता गर्नेले आफुलाई मेन्टेन गर्न जरुरी छ कि छैन ?

मेन्टेन २ प्रकारका छन मेरो बिचारमा १. लाइफ स्टाइल  २. फिगर वा आवरण

मेरो बिचारमा त्यो आफुमा भर पर्छ, । म कतिको वाहियात खर्च गर्छु । जस्तै मान्छेले पाँच हजार कमाएर छ हजार खर्च गर्यो भने त कसरी बाचिन्छ र होइन ? कलाकारहरु कलकारिता गरेर नै बाच्न सक्छन् । हामीले भन्ने गरेको र सोच्ने गरेको जस्तो मेन्टेन चाँही गर्नु पर्छ जस्तो मलाई लाग्दैन । मेन्टेन गर्ने कुराहरु आफ्नो सोचमा भर पर्ने कुरा हो जस्तो लाग्छ । मन पराउने मान्छेलाई दर्शकले जस्तो सुकै भए पनि मनपराईदिनु हुन्छ ।

अब तपाईंले फिगर मेन्टेनको कुरा गर्नु भएको हो भने हिरोईन बन्न चाहनेहरुले चाँही मेन्टेन गर्नै पर्छ । लाइफ स्टाइलभन्दा नि फिगर । यसले धेरै ठूलो भुमिका खेल्छ । किनभने मान्छेले हेर्ने त फिगर नै हो । अब मैले मेरो परिबेशमा भन्नुपर्दा चाँही म हिरोइन होईन । त्यसैले मलाई यस्तो लाग्दैन । हो म मोडलिङ गर्छु, म्युजिक भिडीयो खेल्छु तर मैले यसलाई कलकारितामा नै सिमित राखेको छु । फिगरले महत्वपूर्ण  भुमिका खेल्छ तर कला भयो भने यसको त्यती जरुरी देख्दिन । लाइफ चाँही नर्मल नै ठिक छ ।

तपाईले प्रेमलिलालार्ई बर्गिकरण गर्नुपर्यो भने क, ख, ग, घ  कुन श्रेणीमा राख्नुहुन्छ ?

यो त गारो प्रश्न हो । आफुलाई आफ्नो फिल्म त सधैभरि ‘क’ नै लाग्छ  । तर यो प्रश्नको जबाफ मैले भन्दा पनि भोली दर्शकले दिनुहुनेछ ।

प्रेमलिलाले दिपशिखाको फिल्मी करियरमा कस्तो भुमिका खेल्ला ?

फिल्म क्षेत्र सानो छ त्यसमाथि कम्पिटिसन छ । म परफेक्ट मान्छे होइन किनभने म हिरोइन बन्न आएको होइन । ममा हजारौ कमीकमजोरीहरु छन् । मैले हन्ड्रेड परसेन्ट फिल्ममा दिन नसकेको होला । तर मलाई के लाग्छ भने मेरो दर्शकहरुले हलमा गई सके पछि नराम्रो चाँहीँ भन्नुहुन्न जस्तो लाग्छ । म अरुजस्तो ट्यालेन्ट नहुँला । म कम्पिटिसन पनि गर्न सक्दिन । दर्शकबिना फिल्म र मेरो करियरको पनि कुनै औचित्य नै छैन । त्यसैले म दर्शकलाई मेरो फिल्म हेरिदिनुहुन अनुरोध गर्दछु ।