पूजा माथि, सुष्मा तल

- मेराेफिल्म

हिरोइन पूजा शर्माको सुष्मा कार्कीसँग कोल्ड वार छ । पूजा र सुष्मा एक अर्कासँग बोल्न त के, अगाडि पर्न पनि चाहन्नन् । कलाकार अनुपम श्रेष्ठको जन्मदिनमा ढिलो पुगेका सुष्मा र पूजाले एक अर्कालाई छल्ने कोशिश गरेका थिए । पूजा बर्थ डेमा पुगेर अनुपको घरको कोठामा छिरेपछि बाहिर आइनन् ।

अनुपमले केक काट्ने बेलामा धेरै पटक पूजाको नाम लिएपनि उनी तल झरिनन् । यसको कारण थिइन्, सुष्मा कार्की । सुष्मा कार्की केक काट्ने स्थानमा भएपछि पूजा तल न झरेकी हुन् । पूजासँगै बर्थ डेमा पुगेका रामकहानीका हिरो आकाश श्रेष्ठ मात्र केक काट्ने स्थानमा झरेका थिए ।

पूजा र सुष्माविच कोल्ड वार हुनुको कारण, निर्देशक सुदर्शन थापा हुन् । सुष्मा सुदर्शनकी पूर्व प्रेमिका हुन् । अहिले, पूजा र सुदर्शनको प्रेम रहेको भन्ने हल्ला छ । अनुपमसँग पूजा र सुष्मा दुबै मिल्छन् । यही भएर दुबै जना बर्थ डेमा पुगे । तर, दुबैलाई एक अर्काको उपस्थितीले बर्थ डेमा खुलेर रमाइलो गर्न भने गाह्रो भयो ।

२०७५ जेठ २७ गते १६:५२ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *