करिश्मा, विपना र रेखाको त्यो भेट

- मेराेफिल्म

नेपाली फिल्म क्षेत्र धेरै परिवर्तित भैसकेको छ । धेरै आए यस क्षेत्रमा अनि धेरैले यस क्षेत्रलाई छोडेरा पनि गएका छन् । त्यस्तै छोडेर जाने मध्य कि एक नायिका हुन् विपना थापा । पछिल्लो समय छुट्टी मनाउन नेपाल आएकी बिपनाको चर्चा नेपाली मिडियामा निकै छ । उनलाई अन्तर्वार्ता र फोटो सुट गर्न भ्याई नभ्याई छ । ब्यस्त समयका बावजुद भ्याए सम्म उनी केहि समारोहहरुमा देखा पर्न थालेकी छिन् ।

शनिबार उनी कलाकार डिजाइनर अनुपम श्रेष्ठको जन्मदिन सेलिब्रेसनमा उपस्थित भइन । त्यो उपस्थिती बिशेष पनि बन्यो । १० बर्ष देखि फिल्ममा नदेखिएकी बिपनाको भेट नायिका द्वय करिश्मा मानन्धर र रेखा थापासँग भयो । विपना र रेखाको त्यो भेट १० वर्षपछिको थियो । र त्यो भेटको संयोग अनुपमको जन्मदिनले जुराइदियो । उनीहरुले फिल्म मितिनी र बरमालामा सँगै अभिनय गरेका थिए । उनीहरु धेरैबेर गफिए । बिहेपछि घर ब्यबहारमा नै व्यस्त रहेकी विपनालाई रेखाले फिल्ममा फर्किन आग्रह पनि गरिन् । विपनाले पनि नयाँ सोचका साथ फिल्ममा ब्याक हुने बताइन् ।

२०७५ जेठ २७ गते १३:२१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *