विपनाको कपडा छोटिदा

हिरोइन विपना थापा अहिले हिट छिन् । फिल्म खेल्दा उनले यती धेरै हल्ला पाएकी थिइनन् होला । त्यती मिडियाको केन्द्रमा उनी छिन् । नेपाल आएकी विपनाले उनलाई फोन गर्ने सबैलाई अन्तरवार्ता दिएकी छिन् । विपनाले अमेरिकाको ग्रिन कार्डका लागि यो आइडिया रचेकी हुन् भन्ने पनि सुनिएको छ ।

विपना कलाकार अनुपम श्रेष्ठको बर्थ डेमा पुगिन् । अनुपकाको बर्थ डेमा पुगेकी विपनाको कपडा छोटो थियो । सन्तानकी आमा बनिसकेकी विपना छोटो पाइन्टमा पुगेकी थिइन् । यस्तो कपडा पहिला पहिला रेखा थापाले लगाउने गर्थिन् । विपनाले यस्तो पहिरन लगाएर पुगेपछि कुरा उठ्ने नै भयो ।

विपनाको कपडाको कुरा उठ्दा जवाफ करिश्मा मानन्धरले दिइन् । करिश्माले कपडा छोटो भन्दा पनि मन सफा हुनुपर्ने भन्दै जवाफ दिइन् । विपनाले कपडा छोटो लगाउँदा हिरोइन रेखा थापाले भने लामो कपडा लगाएकी थिइन् ।
रेखाले मितिनी फिल्ममा विपनासँग काम गर्दा विपनाले आफ्नो लागि ब्रा किनिदिने गरेको बताएकी थिइन् ।