करिश्माकी छोरी कबिताले घटाइन ११ केजी वेट

अभिनेत्री करिश्मा मानन्धर सदाबहार सुन्दरी अभिनेत्रीको रुपमा चिनिन्छिन । उनको रुप र ड्रेसको चर्चा आज पनि उत्तिकै हुने गर्छ जति उनी फिल्ममा सकृय हुँदा ताका हुन्थ्यो । पछिल्लो समय अभिनयमा खासै सकृय नदेखिएकी करिश्माले आफ्नी छोरी कबितालाई भने फिल्म क्षेत्रमा प्रवेश गराएकी छिन् । शिव श्रेष्ठको निर्माण रहेको फिल्म एउटा यस्तो प्रेम काहानीमार्फत कबिताले फिल्ममा डेब्यु गर्दै छिन् ।

सोही फिल्मका लागि कबितालाई हाल कडा मेहनत गर्न प्रेरित गर्दै गरेकी करिश्माले हालै आफ्नो फेसबुकमा एक फोटो पोस्ट गरेकी छिन् । कलाकार डिजाइनर अनुपम श्रेष्ठको बर्थ डे सेलिब्रेसनमा सहभागी भएका करिश्मा र कबिता आकर्षणको केन्द्र बने । करिश्मा भन्दा पनि छोरी कबिताको अगाडी क्यामरा धेरै तेर्सिए । कारण थियो उनको तौल । डेब्यु फिल्म अनाउन्सको दिन भन्दा धेरै स्लिम देखिएकी कबिताको तौल घट्नुमा धेरैले करिश्मालाई कारक मान्दै थिए । कबिताले आफैँ भनिन्, ‘फिल्म अनाउन्स भएको दिनबाट आज सम्ममा लगभग ११ केजी वेट लुज गरेँ । फिल्म कै लागी यति छोटो समयमा ११ केजी तौल घटाएकी हुँ’, कबिताले भनिन । यसरी नै कविताले वेट लुज गर्दै गइन् भने करिश्माकि ‘मोटी’ छोरी भन्नेहरुले पक्कै एकदिन भन्ने छन् करिश्मा हट कि छोरी कबिता ?

फोटो : आर्यन बिमली