सलमानको हत्या योजनामा रहेका डन सम्पत नेहरा प्रकाउ

बलिउड अभिनेता सलमान खानको हत्याको योजनामा रहेका मस्ट वान्टेड डन सम्पत नेहरालाई भारतीय प्रहरीले प्रकाउ गरेको छ । प्रहरीका अनुसार सम्पत नेहराले सलमान खानका प्रत्येक गतिविधिहरुलाई निगरानी गरिरहेको थिए । उनलाई हरियाणा प्रहरीको विशेष कार्यदलले हैदराबादबाट पक्रउ गरेका हो । सलमानलाई मार्ने योजनाअनुसार मुम्बई गएर उनले सलमानले आउजाउ गर्ने स्थानदेखि लिएर उनका बडी गार्डका बारेमा पनि जानकारी लिइसकेका थिए ।

सम्पत नेहरा त्यही लरेन्स विश्नोई समुहका लागि काम गर्छन् जसले यसै वर्ष जनवरीमा सलमानलाई कालो हरिण प्रकरणमा ज्यान मार्ने धम्की दिएका थिए । लरेन्स विश्नोई एउटा खतरनाक गिरोह हो । यो सामाजिक सञ्जालमा पनि निकै सक्रिय छ । गिरोहका सदस्य नेहरामाथि हत्या, अपहरण, गरिएको दुई दर्जनभन्दा बढि अभियोग रहेका छन । नेहराका आगामी निशाना सलमान खान थिए । सलमानलाई मारेर विदेश भाग्ने उनको तयारी थियो । कालो हरिण मारेकै प्रकरणकै कारण सलमानको हत्या गर्ने षड्यन्त्र रचिएको हो ।