ड्रग्सले यस्तो बनेको थियो संजयको हालत

अभिनेता संजय दत्तको बयोपिक फिल्मा संजूको ‘कर हर मैदान फटे’ बोलको गीत सार्बजनिक भएको छ । उक्त गीत टी सीरीजको आधिकारीक यूट्युब च्यानलबाट सार्बजनिक भएको छ । गीतमा संजय दत्तको स्ट्रगलिंग स्टेजलाई देखाएको छ । उनी आफ्नो ड्रग्सको लतबाट मुक्त हुन कोशिश गरिरहेको देख्न सकिन्छ । गीतमा उनले बिदेशमा भिख मागेको र ड्रग्सको लतबाट मुक्त पाउँनका लागि नशा मुक्त केन्द्रमा भर्ति भएको दृश्य हेर्न सकिन्छ ।

गीतमा एकपटक फेरी बुबा र छोरा बीचको इमोसनल बौँन्डिंगलाई देखाएइको छ । गीतमा संजय दत्तका आमा पनि रहेकी छिन् जस्ले संजयलाई सपोर्ट गरिरहेको देख्न सकिन्छ । गीतलाई सुखविंदर सिंह र श्रेया घोषालले स्वर दिएका छन् । शेखर अस्तिवको शब्द रहेको गीतलाई बिक्रम मन्ट्रोसले संगीत भरेका हुन् । राजकुमार हिरानी निर्दशित उक्त फिल्म २९ जूनमा रिलीज हुने भएको छ ।