करिश्मा कपूरले गर्ने भईन दोस्रो विवाह

सन् २०१६ मा सञ्जय कपूरसँग डिभोर्स गरेर बसेकी करिश्मा कपूर फेरी विवाहको चक्करमा लागेकी छिन् । उनले भारतिय बिजनेसम्यान सन्दिप तोशनीवालासँग विवाह गर्न लागेको खबर भारतीय मिडीयामा सार्बजानिक भएको छ । फिल्म क्षेत्रमा विवाह र डिभोर्सलाई सामान्य जतिकै मानिदै आएको बेला करिश्माले चाँडै सन्दिपसँग विवाह गर्ने कुरा बाहिरिएको हो ।

तर, करिश्माको बुवा रणधीर कपूर भने छोरीले विवाह नगर्ने दाबी गरेका छन् । उनले करिश्मा र सन्दिपको अफेयर पनि नरहेको बताए । उनले सन्दिप करिश्माको राम्रो साथि मात्र भएको बताए । यघपी भारतिय सञ्चार माध्यमले भने सन्दिपसँगको बिहेको अन्तिम तयारीमा रहेको खबर उल्लेख गरेको छ । सन्दिपले करिश्माको लागि मुम्बईको जुहू इलाकामा एउटा घर पनि किनिसकेका छन् । सन्दिप पनि डिभोर्सी हुन् । उनले आफ्नी श्रीमती मानसिक रोगी भएको भन्दै डिभोर्स केस फाईल गरेका थिए ।