मलेसियामा नेपाली कलाकारद्वारा कन्सर्ट

मुस्लिमहरुको माहान चाड हरिरायाको अबसरमा जनउद्धार केन्द्र पेनाङ्ग मलेसियाले पेनाङ्गको विभिन्न स्थानमा नेपालबाट ख्यातिप्राप्त कलाकारहरु बोलाई सांगीतिक कोसेली प्रस्तुत गर्ने भएको छ । स्थापनाको नवौ महिना पार गरेको यस संस्थाले विभिन्न चरणमा मलेसियाका जेलमा कष्टकर जीवन बिताईरहेका र पिडित बिरामी नेपाली श्रमिकहरुलाई नेपाली दुताबास मलेसिया संगको सहकार्यमा नेपाल पठाउँदै आएका छन् ।

गत नयाँ वर्ष २०१८ को अवसर पारेर मलेसियामा रहेका श्रमिक नेपाली कलाकारहरुलाई समेटेर पहिलो सांगीतिक कार्यक्रम गरेको यस संस्थाले यसपटक नेपालबाट ख्यातिप्राप्त कलाकारहरु मनोज गजुरेल, दुर्गेश थापा, डोली सरकार, फुलमाया केसी, मौसम खाती लगायतका कलकारहरुलाई ल्याएर आफ्नो दोस्रो सांगीतिक कोसेली प्रस्तुत गर्ने जमर्को गरेको संस्थाका संस्थापक केशु थापाले जानकारी गराए । जुन १५ तारिख पेनाङ्गको बिएम स्थित देवान हल त्यसैगरी जुनको १६ तारिख पेनाङ्गकै बुकिट जाम्बुल स्थित भिस्ताना होटलमा नेपालबाट आएका कलाकार र स्थानीय कलाकारहरुको जोडदार प्रस्तुति रहने संस्थापक केशु थापाले बाताएका छन् ।