कपिल टेलिभिजनमा फर्किदै

भारतीय कमेडियन कपिल शर्मा टि्वटरमार्फत कम ब्याक भएका छन् । डिप्रेसनको सिकार भएका उनी टेलिभिजनमा नदेखिएको धेरै भयो । स्वास्थ्य स्थितिका कारण‘फेमिली टाइम विथ कपिल’ केही एपिसोडपछि नै बन्द भएको थियो । उनले अभिनय गरेको फिचर फिल्म ‘फिरंगी’पनि सफल हुन सकेन ।

गायब नै भएका कपिल फ्यानहरुको चासोका बीच हालै टि्वटरमा देखिएका छन् । कपिलले आफ्ना फ्यानहरुलाई धैर्य गर्न आग्रह गर्दै आफू चाँडै टेलिभिजनमा फर्किने बताएका छन् । तर, कहिले र कसरी भन्ने चाहिँ खुलाएनन् । साथै उनको स्वास्थ्य अवस्था बारेमा कुनै जवाफ दिएनन् ।