रेस ३ पछि कुन कुन फिल्म खेल्दै छन्, सलमान?

- मेराेफिल्म

फिल्म रेस ३ अहिले प्रदर्शनको क्रममा रहेको छ । एक इन्टरभ्युमा सलमानले अगिल्लो प्रोजेक्ट के के छ भन्ने बारे जानकारी दिएका छन् । सलमानका अनुसार उनी संजय लिला भन्सालीसंग एक फिल्म गर्दै छन् । यस भन्दा पहिले यी दुइले खामोसी, हम दिल डे चुके सनम तथा सावरियामा संगै काम गरि सकेका छन् ।

यसका साथै उनी दबंग ३ तथा सेर खानमा काम गर्दै छन् । किक २ को भने स्क्रिप्ट तयार भैसकेको छैन । रिमोसंग उनी एक डान्स फिल्म समेत गर्दै छन् । फिल्म सेलेक्सनको बारेमा सलमानले बताए की उनी त्यस्तो फिल्म मात्रै गर्न चाहन्छन जहाँ काम गर्दा सन्तुस्टी मिलोस । उनले भने- ‘जब सम्म स्क्रिप्ट चित्त बुज्दैन म कामको लागि तयार हुदिन ।’

२०७५ जेठ २८ गते १८:०७ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *