निर्मल र जेनिलियाको ‘आइतबार'(भिडियो)

गायक राजेश राईको नयाँ गीत ‘आइतबार’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । तोडियो , अर्खौले बजार , ए कान्छी जस्ता उत्कृष्ट गीत गएर चर्चाको सिखरमा रहेका गायक राईको आइतबार गीत आएको छ । सुरेश अधिकारिको संगीत रहेको यस गीतमा भोला श्रेष्ठको शब्द रहेको छ । यस गीतमा विनय केटुको संगीत सम्योजन रहेको छ । लगभग २० बर्ष अगाडि यस गीतलाई सुरेश अधिकारिले आफ्नो स्वरमा रेकर्ड गराएका थिए ।

आइतबारकै दिन पारेर रिलिज गरिएको यस गीतको म्युजिक भिडियोमा भिमफेदी गाईजले अभिनय गरेका छन् । फास्ट विटको गीतमा देखिने भिमफेदी गाईजले यस भिडियो मार्फत दर्शकलाई केही फरक स्वाद दिन खोजेका छन । भिडियोमा निर्मल लामा र जेनिलिया श्रेष्ठको अभिनय रहेको छ | छायांकन तथा निर्देशन ज्ञानेन्द्र शर्माले गरेका छन् । भिडियोलाई पवन सुस्लिङ द मोन्टेजले सम्पादन गरेका छन् ।