शिल्पा र पृथ्वीको मायामा

फिल्म विराङ्गनाको गीत ‘तिम्रो हाम्रो मायामा’ सार्वजनिक भएको छ । गीतमा दिपक शर्माको संगीत, रघु परियारको शब्द, कृष्ण काफ्ले र रेश्मा पुनको स्वर छ । यस गीतको भिडियोमा कलाकार शिल्पा पोखरेल र पृथ्वीराज प्रसाइलाई फिचरिङ गरिएको छ ।

फिल्मको वितरण भ्याली भित्र बि.के फिल्मसका गोपाल कायस्थ र भ्याली बाहिर एफ.डी कम्पनीले गर्दैछन । नारी प्रदान फिल्म एक्शन जनरामा निर्माण गरिएको छ । बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार र विमला भट्ट निर्माता तथा देव तामाङ सह-निर्माता रहेको वीराङ्गना र्फोथ आई मुभिजको ब्यानरमा निर्माण गरिएको हो । फिल्ममा शिल्पा र अनुपका अलावा पृथ्वी राज प्रसाई, धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, ध्रुव कोईराला, सुशिल पोखरेल, अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।