नबिन के भट्टराईको ‘मेरो नाम’ (भिडियो)

गायक नबिन के भट्टराईको गीति संग्रह ‘एन के बि’ सार्वजनिक भएको छ । बीचमा केहि गीतहरु आए पनि नविनको गीतिसंग्रह भने लामो समय पछि आएको हो । म्युजिक नेपालले बजारमा ल्याएको उक्त संग्रहको पहिलो गीत ‘मेरो नाम’ को भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द नरेश देव पन्तको रहेको छ भने संगीत संयोजन इमान बिक्रम शाहको रहेको छ ।

लाइव शो तथा कन्शर्टमा ब्यस्त भएकोले नया गीत निकाल्न नपाएको नविन बताउछन । यस गीतको अर्को बिशेषता भनेको यो गीतको रेकर्डिङ पुरानो प्रबिधि ( टेप ) बाट रेकर्डिङ गरिएको हो । भिडियोमा टिना राजभण्डारी र संजय भट्टराईको अभिनय हेर्न सकिन्छ । गीतको छायांकन ज्ञानेन्द्र शर्माले गरेका छन् भने सम्पादन निशान घिमिरेको रहेको छ । भिडियो निर्देशनमा नविना भट्टराई रहेकी छन् ।