‘रेस ३’ हेर्न नेपालीलाई सलमानको आग्रह (भिडियो)

बलिउड सुपरस्टार सलमान खान अभिनीत नयाँ फिल्म ‘रेस ३’ प्रदर्शनको क्रममा रहेको छ । उनले फिल्म हेर्न एक भिडियो मार्फत नेपाली दर्शकलाई आग्रह गरेका छन् । सयभन्दा बढी हलमा रिलिज हुन लागेको ‘रेस ३’को नेपाल प्रदर्शन अधिकार गोपीकृष्ण मुभिजले खरिद गरेको छ । भिडियोबाट सलमानले नेपालीलाई ईदको पनि शुभकामना समेत दिएका छन् ।

रेमो डिसूजा निर्देशित यस फिल्ममा सलमानसँगै ज्याकलीन फर्नान्डिज, बबी देओल, अनिल कपूर, डेजी शाहलगायतको अभिनय रहेको छ । यो फिल्मसँग जुध्न यसपटक पनि नेपाली कुनै पनि फिल्म प्रदर्शनमा नआउने भएका छन् । ५ जूनबाट ‘रेस ३’संसारभर प्रदर्शनमा आउँदैछ । बलिउडका तीन खानका फिल्म रिलिज हुँदा नेपाली निर्माताहरु असुरक्षित महशुस गर्दै फिल्म रिलिज नगर्ने चलन पहिले बाटैचल्दै आइरहेको छ ।
भिडियो लिंक:
https://www.facebook.com/fan.saddam.39/videos/320950665102715/