पहिलो पटक स्टेजमा नाच्दै अनमोल, हुँदैछ ‘अनमोल इभ’

खासै सार्वजनिक कार्यक्रममा उपस्थित समेत नहुने नायक अनमोल केसी अब स्टेजमा नाच्ने भएका छन् ।

अनमोल केसी पछिल्लो समय आफ्नो स्टारडममा कारण चर्चामा छन् । स्टार्डम मात्र होइन उनी पछिल्लो समय एक पछी अर्को फिल्म साइन गरेर पनि चर्चा को बिषय बनेका छन् । बर्षमा १ भन्दा बढी फिल्म गर्दिन भन्ने अनमोलले यसै बर्ष ३ फिल्मको छायाङ्कन सक्नेछन । एक पछी अर्को चक्मा दिइरहेका अनमोलले देश ब्यापी रुपमा आयोजना हुन लागेको ‘अनमोल इभ‘मा सहभागी हुने मात्र छैनन् स्टेजमा गएर नाच्ने पनि छन् ।

देशका विभिन्न ९ शहरमा आयोजना हुन लागेको ‘अनमोल इभ’को ४ स्थानमा अनमोल उपस्थित हुनेछन र आफ्नो प्रस्तुती राख्नेछन । पोखरा, बुटवल, चितवन, झापामा अनमोल उपस्थित हुने पक्का भैसकेको बुझिएको छ । अन्य स्थानमा भने अनमोलको उपस्थित रहने वा नरहने एकिन भैसकेको छैन । यस कार्यक्रमका लागी अनमोलसँग सम्झौता समेत भैसकेको छ । अनमोलले एक सामान्य कार्यक्रममा उपस्थित हुनका लागि मात्रै पनि मोटो रकमको माग गर्दै आएका थिए । तर यस् कार्यक्रमका लागि अनमोलले कती पारिश्रमिक लिएका छन भन्ने कुरा भने खुलेको छैन । अनमोल इभमा नाटक, खेलकुद लगायतका प्रस्तुतिहरु समेत रहनेछन ।