फिल्म नचल्दै मलिनाको मुड बिग्रियो

फिल्मको कार्यक्रम किन आयोजना गरिन्छ ? आयोजना गरेर त्यसले के फाइदा हुन्छ ? यस्ता कुरा थाहा नै नपाई फिल्मका कार्यक्रम हुन्छन् । हिरोइन मलिना जोशीको फिल्मको यात्रा खराब छ । उनले अभिनय गरेका फिल्म चलेका छैनन् । ए लिस्ट हिरोइनमा उनी पर्न सकेकी छैनन् ।

असार ८ गतेबाट मलिनाको अभिनय रहेको फिल्म तिमी हुन्छौ जहाँ जहाँ रिलिज हुँदैछ । काठमाण्डौमा आयोजना भएको फिल्मको पत्रकार भेटघाट कार्यक्रममा मलिना दिक्क भइन् ।

फिल्मको पत्रकार सम्मेलनमा कुनै व्यवस्थापन नै थिएन । बिग्रिएको माइक, खसिरहने पोष्टरले मलिनालाई दिक्क बनायो । उनले, माहोल नै यस्तै भएपछि दिक्क नभएर के गर्नु भनिन् ? फिल्म चल्नु अगावै मलिनाको मुड विग्रिएको छ ।

फिल्मको कार्यक्रम आयोजना गर्नेले किन र केका लागि भन्ने नवुझ्दा यस्तो समस्या आउने गर्दछ ।