विनयले फिल्म कस्का लागि बनाएका ?

गीत रिलिज गर्दा अर्धनग्न यूवतीसँग मस्ती । अर्धनग्न यूवतीलाई पत्रकार सम्मेलनमै ल्याउँदा दर्शकमा के सन्देश जान्छ भन्ने पनि हेक्का राखेनन् निर्माता र कलाकार विनय श्रेष्ठले । उनको विकिनी लफडाले फिल्मलाई ब्याक फायर गर्यो र फिल्मको रिलिज डेट नै धकेलियो ।

विनयले फिल्म कसका लागि बनाएका हुन् ? आफूले सोचेका कुरा मात्रले फिल्मलाई फाइदा हुदैन भन्ने विनयलाई कसैले सिकाओस् । फिल्मको २ वटा पोष्टर बनाइयो र मिडियामा पठाइयो । पहिलो पोष्टरमा एउटा डिम्बामा हात थियो । यो पोष्टरले दर्शकलाई के वुझ्न भनेको हो ? यस्ता पोष्टर बनाएर दर्शक हलमा आउँछन् त ?

आज फेरि अर्को पोष्टर बनाइएको छ । पोष्टरमा राक्षस भन्दै हलिउड फिल्ममा जस्तो देखाइएको छ । रोमियो एन्ड मुना भन्ने वित्तिकै दर्शक प्रेमको फिल्म वुझ्छन् । विनय र निर्देशक नरेश कुमार केसी कहिले डिम्बा, कहिले दानव भन्दै दौडिएका छन् ।

नरेश र विनयले कसका लागि फिल्म बनाएका हुन् ? दर्शकलाई यस्ता पोष्टर बनाएर के वुझाउन खोजेका हुन् ? फिल्मको प्रचार गर्दा नयाँ आइडिया अपनाउन पर्छ । तर, नयाँको नाममा दर्शकले वुझ्न नै नसक्ने बिषयले के फाइदा होला ? कहिलेकाही बढी जान्ने हुन खोज्दा चिप्लिने डर हुन्छ । दानव र डिम्बाका पोष्टरले विनय र नरेश चिप्लिएलान् कि दौडिएलान् ?