‘म त गोरी गोरी छु रे …’ (भिडियो)

केही समय पहिले नवकुसुम एल्मब सार्वजनिक गरेकी कुसुम दाहाल भट्टराईले ‘म त गोरी गोरी छु रे …’ गीतको म्युजिक भिडियो रिलिज गरेकी छिन् । उक्त गीतमा संगीतकार भूपु पाण्डेको संगीत रहेको छ । आउँदा दिनहरुमा अन्य गीतहरुलाई पनि म्युजिक भिडियो बनाउने तयारी रहेको बताउने दाहालले आफूलाई अलि बढी मन परेर यस गीतको भिडियो चाडै निर्माण गरेको जानकारी दिइन् ।

निराजन प्रधान, आशा गौतम र कोरस फिचरिङ रहेको गीतलाई कोरियोग्राफर कविराज गहतराजले निर्देशन गरेका हुन् । त्यस्तै सौरभ लामाको छायांकन यस भिडियोमा देख्न सकिन्छ । गीतको छायांकन डेनमार्क र नेपालका बालमन्दिर, दरबार मार्ग र डेजाभु क्लबमा गरिएको छ । भिडियोको निर्माण नवराज भट्टराई र गृष्मा भट्टराईले गरेका हुन् ।