कृष्ण बिकको ‘कसले भन्छ मान्छे यहाँ’ भिडियो सार्वजनिक

- मेराेफिल्म

गायक कृष्ण बिकको ‘झल्को’ एल्बम बजारमा आएको छ । केही दिनअघि विमोचित सो एल्बमा ५ वटा गीत समावेश छन् । उनको सोही एल्बमा समावेश ‘कसले भन्छ मान्छे यहाँ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा स्वर तथा शब्द कृष्ण बिक कै रहेको छ भने संगीत बि बि अनुरागीले भरेका छन् ।

गीतको म्युजिक भिडियोमा शेर बहादुर डाँगी, पुष्प कुमार शाही, पुजा उप्रेती र मोनिकाको अभिनय रहेको छ । भिडियो निर्देशन दिनेश डाँगी को रहेको छ भने छायांकनमा नरेश ऐर रहेका छन् । सुवास जीसी को सम्पादन रहेको भिडियो उत्पादन दाङ्ग स्वर्गद्वारी म्युजिक प्रालिले गरेको हो ।

२०७५ जेठ २९ गते ११:३८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *