अमिताभले किन मागे माफी?

अमिताभ बच्चन प्राय सामाजिक संजालमा एक्टिव रहन्छन । यहि सिलशिलामा उनले केहि दिन अगाडी आफ्नो एक फिल्मको बारेमा फ्यान्सलाई जानकारी दिन ट्वीट गरेका थिए ।

९ जुनमा अमिताभले ट्वीट गर्दै लेखे ‘३७ बर्ष काला पत्थर’ । यस फिल्मको क्रममा मलाइ धेरै अनुभव प्राप्त भयो, जब मैले कलकत्ताको कोइला खानीमा काम गरेको थिए । यस पछि एक युजरले ३७ नभएर ३९ बर्ष भएको बताए । अमिताभले आफ्नो गल्ती स्वीकार्दै माफी मागे । केहि समय अघि आलियाको एउटा सानु गल्ति देखाउने अमिताभले आफुले गल्ति गरे र लगत्तै माफी समेत मागे ।