रोमियो एण्ड मुनाको ‘मोन्सटर पोस्टर’ रिलिज

- मेराेफिल्म

‘आफु भित्रको दानवलाई चिन्नुस्’ भन्ने ट्याग लाइन सहित फिल्म रोमियो एण्ड मुनाको मोन्सटर पोस्टर रिलिज भएको छ । मोन्सटरलाई पनि फिल्ममा एउटा पात्रको रुपमा देख्न सकिनेछ, निर्देशक नरेश कुमार केसी भन्छन्, फिल्ममा राक्षस पात्रलाई एउटा बिम्वको रुपमा प्रयोग गरेका छौं ।

फिल्ममा विनय र सृष्ट्रिसँगै सुस्मा कार्की, प्रज्जवल सुजल गिरी, सुरक्षा पन्तको अभिनय रहेको छ । निर्देशक केसीकै पटकथा रहेको फिल्ममा संवाद निरोज महर्जनको छ । छायाँकन शिवराज श्रेष्ठले गरेका छन् भने निर्देशक प्रशन्न गोपाली रहेका छन् । फिल्म प्रशन्न गोपाली, राम शर्मा र कविन शाक्यले सहकार्यमा निर्माण गरेका छन् । फिल्म साउन ११ बाट प्रदर्शनमा आउने छ ।

२०७५ जेठ २९ गते १२:३४ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *